सुनसरीको आदर्श सामुदायिक वनमा हात्ती मृत फेला

खबर खुराक
खबर खुराक ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

धरान :  सुनसरीको बराहक्षेत्र नगरपालिका- २ स्थित आदर्श सामुदायिक वनमा हात्ती मृत फेला फरेको छ । हप्तादिनदेखि बराहक्षेत्र नगरपालिकाको जङ्गलमा २२ वटा हात्ती घुमिरहेका छन् ।

सामुदायिक वनको रेल्वे लाइनमा  फेला परेको मृत हात्ती हेर्नेको भीड लागेको छ । जङ्गलमा हात्तीको संख्या धेरै भएकाले यस क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताएका छन ।

अहिले घटनास्थलमा सशस्त्र प्रहरी, जनपद प्रहरी बन रक्षको टोलीले सार्वजनिक मुचुल्का तयार गरी मृत हात्तीको व्यवस्थापन गर्ने कार्य भइरेको छ । बराहक्षेत्रको जङ्गलमा  हात्तीको जमातले विध्वंस मच्चाइरहेको स्थानीय डम्बर सिंदेलले बताए ।

हात्तीको संख्या धेरै रहेकाले यस क्षेत्रका बासिन्दाहरु त्रसित छन्।

प्रतिक्रिया दिनुहोस्