Ad imageAd image

नेपाल टी–२० लिगको विजेतालाई ५५ लाख पुरस्कार

खबर खुराक
खबर खुराक ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–२० को विजेताले ५५ लाख पुरस्कार पाउने भएका छन् ।

क्यानले आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत लिगको पहिलो संस्करणको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने जनाएको हो । तेस्रो स्थानमा रहने टिमले १० लाख पाउने क्यानले जनाएको छ ।

लिगको प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ ले ४० हजार र ‘प्लेयर अफ दी टुर्नामेन्ट’ले पाँच लाख पाउनेछन् ।

यसैगरी, चौथो हुनेले पाँच लाख पाउदा लिगको उत्कृष्ट बलर र ब्याटरले समान दुई लाख ५० हजार रुपैयाँ पाउनेछन् । लिगको उदयमान खेलाडीले एक लाख ८० हजार पाउने क्यानले जनाएको छ ।

- Advertisement -
Ad image

शनिबारदेखि सुरु हुने लिगको पहिलो संस्करणमा ६ टिमको सहभागिता छ । डबल राउन्ड रोविन लिग पद्दतिमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन् ।

प्रतियोगिताको फाइनल खेल पुस २७ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्