काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफाबाट चुक्तापुँजीको १२.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बिहीबार बसेको कम्पनीको बैठकले चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त लाभांश कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । हाल यो कम्पनीको चुक्तापुँजी ३ अर्ब २४ करोड ६३ लाख २६ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्