विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा नयाँ रोलिङ मिल संचालनमा आएको छ ।
सुनसरीको दुहबी नगरपालिका वडा नं १ परास्टोकीमा २ अर्ब ५० करोडको लागतमा उद्योग संचालनमा आएको हो । उद्योगले आज पत्रकार सम्मेलनको आयोजना गरी उत्पादनको विषयमा जानकारी गराएको उद्योगका निर्देशक रमेश राठीले बताए ।
“उद्योगले बजरंग ब्रान्डको टिएमटी उत्पादन गर्छ । यसबाहेक बिलेटको व्यावसायिक कारोबार गर्नुका साथै छड, डिलेट, एंगल, च्यानल र आइबिमको उत्पादन गर्छ” उनले भने, “ नेपालका ९० प्रतिशत उद्योगले आफ्नै भट्टी राखेर आफै बिलेट उत्पादन गछौँ । हामीले दैनिक ५०० टन क्षमतामा उत्पादन गर्दै आएका छौ ।”
उद्योगले भारतको टाटाबाट स्टिल्सबाट कच्चापदार्थ आयात गरी अत्याधुनिक युरोपियन टेक्नोलोजीको प्रयोग गरी मजबुत, कम खिया लाग्ने र बढी लचकदार उत्पादन हुने गरेको राठीले बताए । पूर्वमा निर्माणको गतिशीलतालाई मध्यनजर गरी उद्योग स्थापना गरिएको जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस्