Ad imageAd image

ग्लोबल आइएमई बैङ्क कान्तिपथ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

खबर खुराक
खबर खुराक ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क, कान्ति पथ शाखाले शुक्रवार वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ। शाखाले डिजिटल बैङ्किङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो

कार्यक्रममा ग्लोबल आइएमई बैङ्क बागमती प्रदेश प्रमुख ध्वजविक्रम साउँदले ग्लोबल आइएमई बैङ्कको डिजिटल बैङ्किङ सेवाबाट हरेक प्रकारका सुविधा उपलब्ध हुने बताएका छन्। उनले वित्तीय साक्षरता कार्यक्रममा बोल्दै अब बैङ्कका हरेक ग्राहकले भौतिक रूपमा बैङ्कसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएकोसमेत बताएका छन्।

यस्तै कार्यक्रममा बैङ्कको कान्ति पथ शाखाका शाखा प्रमुख यादव शर्माले बैङ्कको सेवा सुविधाका फाइदा, यसले ल्याएको अवसर र यसका समस्या समाधानका विषयमा केन्द्रित रहेर उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको बताएका छन्।

बैङ्कको कान्ति पथ शाखाले काठमाडौँको यल्लो प्यागोडा होटेलमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बैङ्कका ग्राहक, कर्मचारी गरी करिब ३ सय जना सहभागी भएका थिए।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्