थप रणनीति बनाउन प्रचण्ड आन्तरिक परामर्शमा

खबर खुराक
खबर खुराक १० पुष २०७९, आईतवार
2 Min Read
Aa
sf7df8f}F, [email protected] c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)  थप रणनीति बनाउन आन्तरिक गृहकार्यमा जुटेका हुन्। सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सत्ता गठबन्धनबीच सहमति जुट्न नसक्दा गठबन्धनको शनिबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनको बैठक बस्नु अगाडि प्रचण्डले आफ्नो पार्टीका शीर्ष नेताहरुसँग थप रणनीति बनाउन बिहान छलफल गरेका हुन्। माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्‍याएकाले खुमलटार पुगेका माओवादीका शीर्ष नेताहरुसँग प्रचण्डले छलफल गरेका छन्।

खुमलटारमा पुगेका माओवादीका नेताहरुले सके सत्ता गठबन्धनभित्रबाटै र यदि गठबन्धन भित्रबाट प्रधानमन्त्री नपाएको अवस्थामा एमालेसँग पनि समानान्तर छलफल गरेर अगाडि बढ्नुपर्ने सुझाव अध्यक्ष प्रचण्डलाई दिएका छन्।

पछिल्लो समय आफैं प्रधानमन्त्री बन्ने कसरतमा जुटेका प्रचण्ड साना दल र स्वतन्त्र समूहलाई आफूतर्फ केन्द्रित गर्न प्रयास जारी राखेका छन्। स्वतन्त्रबाट निर्वाचित सांसद अमरेश कुमार सिंहले समेत प्रचण्डलाई भेटेर प्रधानमन्त्री पदको दाबी नछाड्न आग्रह गरेका छन्। शनिबार खुमलटारमा पुगेका सिंहले प्रचण्डलाई भेटेर प्रधानमन्त्री पदमा दाबी नछाड्न दबाब दिएका हुन्।

प्रचण्डले नेकपा विवाद भएपश्चात कांग्रेसका सभापति देउवालाई आफ्नै जोडमा प्रधानमन्त्री बनाएकाले निर्वाचन पश्चात पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेस नेताहरुलाई समेत आग्रह गर्दै आएका छन्।  चुनावअघि २३ सिटमा ‘खुम्चिएको’ कांग्रेसलाई प्रधानमन्त्री दिएकाले यसपटक आफ्नो नेतृत्वलाई स्वीकार गर्नुपर्ने अडान प्रचण्डले बैठकमा सुनाएका थिए। तर, सफलतापूर्वक आफूले चुनाव गरेको र पहिलो पार्टी भएकाले कांग्रेस नेतृत्वमै सरकार बन्नुपर्ने अडान शेरबहादुर देउवाले राखेका थिए।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्‍याएर प्रधानमन्त्री दाबी गर्न आइतबार ५ बजेसम्मको समय तोकेकी छन्। कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने संकेत पाएपछि माओवादीले एमालेसँग पनि नयाँ गठबन्धनबारे छलफल अघि बढाएको छ। माओवादी नेता वर्षमान पुनले शनिबार दिउँसो देउवासँग भेट गरी प्रचण्डलाई प्रधानमन्त्री नबनाए सत्ता गठबन्धन टुट्ने चेतावनी दिएका थिए। देउवाले भने गठबन्धन नछाड्न आग्रह गर्दै आफूले ‘मिलाउने’आश्वासन दिएको स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्