सहकारीको नाफाबाट विद्यार्थीलाई छात्रवृति

खबर खुराक
खबर खुराक १० पुष २०७९, आईतवार
1 Min Read
Aa

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ मा रहेको एक सहकारीले आफ्नो नाफाबाट विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ । सल्यानटार बचत तथा ऋण सहकारी संस्था लि.ले ११ जना विद्यार्थीलाई संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद उपाध्ययले छात्रवृति प्रदान गरेको हो ।

आफ्नो तेस्रो वार्षिक साधारणसभाको अवसर पारेर जनही ५ हजारका दरले छात्रवृति प्रदान गरिएको संस्थाका व्यवस्थापक प्रकाश श्रेष्ठले जानकारी दिए ।

त्रिपुरासुन्दरी गाउँपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग पु¥याउने उद्देश्यले प्रोत्साहन स्वरुप नगद तथा प्रमाणपत्र प्रदान गरिएको श्रेष्ठले बताए ।

त्यस्तै संस्थामा महत्वपूर्ण योगदान गरेको भन्दै संस्थाका कर्जा प्रमुख सुदिप बस्यौलालाई पनि नगद ५ हजार र प्रमाणपत्रसहित सम्मान गप्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्