Ad imageAd image

ओलीलाई भेट्न रवि लामिछाने पुगे बालकोट

खबर खुराक
खबर खुराक १० पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ — सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । एमाले नेताहरु माओवादीसँगको सम्भावित गठबन्धनको प्रयासमा लागिरहेका बेला लामिछाने पनि बालकोट पुगेका हुन् । लामिछानेको दलसँग २० जना सांसद छन् ।

सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा आफ्ना अडान नछाडेपछि बैठक निष्कर्षबिना नै टुंगिएको थियो ।

अहिले सरकार गठनका लागि दलका नेताहरू निर्णायक छलफलमा जुटेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी छन् । समयसीमा सकिन लाग्दा दलहरु निर्णायक छलफलमा जुटेका छन् ।

- Advertisement -
Ad image

ओली निवासमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि छलफलका लागि पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्