१० पुस, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सरकार बनाउन भइरहेको रस्साकस्सीमाथि टिप्पणी गरेका छन् ।
ओली निवास बालकोटमा भएको दलहरुको बैठकको तस्वीर राखेर उनले लेखेका छन्, ‘हिजो एउटा कविता लेखेको थिए । आज लेख्दिन । देश के हो ? व्यापार हो ? खेल हो ?’
सरकार गठनबारे छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरु बैठकमा बसेका थिए ।
हिजो मात्र बालेनले फेसबुकमा एउटा कवितांश लेखेका थिए । उनले नयाँ सांसदहरुमाथि व्यंग्य कस्दै लेखेका थिए,
‘नयाँ सांसदहरु
नयाँ गफाडीहरु !
उही पुरानो देश
उही पुराना व्यापारीहरु ।’
प्रतिक्रिया दिनुहोस्