तेस्रो दिन पनि उद्योगी राष्ट्र बैंक अगाडि धर्नामा

खबर खुराक
खबर खुराक ११ पुष २०७९, सोमबार
1 Min Read
Aa

विराटनगर । उद्योगी व्यवसायीले आज पनि नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय अगाडि धर्ना दिएका छन् । कार्यालय समय अगावै बैंकको गेट अगाडि पुगेका उद्योगी तथा व्यवसायीले प्रदर्शनसहित धर्नामा बसेका हुन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघलगायत व्यवसायिक संगठनको नेतृत्वमा बैंकको ब्याजविरुद्ध आन्दोलन भइरहेको छ । तेस्रो दिन पनि आफूहरूले धर्ना कार्यक्रमलाई निरन्तरता दिएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।

“चर्को ब्याजदरको विषयमा पुननिर्णय नहुन्जेल आफूहरू आन्दोलनबाट पछि हट्दैनौं,” रिजालले भने ।

प्रतिक्रिया दिनुहोस्