नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

खबर खुराक
खबर खुराक ११ पुष २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ — नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ । सोमबार बिहान बसेको केन्द्रीय पदाधिकारीको बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको माओ‌वादीका सचिव गणेश साहले बताए ।

उनलाई परराष्ट्र वा गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । एमालेसँग ठोस सहमति नभएकाले मन्‍त्रालयको टुंगो पछि लाग्नेछ ।

श्रेष्ठ यसअघि परराष्ट्र र गृहमन्त्री भइसकेका छन् ।उनी राष्ट्रिय सभाका सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्