काठमाडौं : चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने संकेत गरेको छ।
नयाँ बानेश्वरमा सुरु हुन लागेको नयाँ सत्तासमीकरणको बैठकमा सहभागी हुने क्रममा राश्वपाका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने संकेत गरेका हुन्।
उनले भने,’अहिले हामी छलफलमा जाँदैछौं। कुनै निर्णय भएको छैन। दलको बैठकमा सरकारलाई समर्थन र सहभागी हुने निर्णय गरेका छौं। आजको नयाँ समीकरणको बैठकमा छलफलपछि बाँकी कुरा बताउँला।’
तपाईं स्वयम सरकारमा जाने किन नजाने भन्ने संचारकर्मीको प्रश्नमा उनले आजको बैठकको छलफलपछि मात्रै टुंगो लाग्ने बताए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थन आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री बनेका छन्।
प्रचण्डलाई एमालेसहित सात दलको समर्थन रहेको छ।
प्रधानमन्त्री प्रचण्डले आज बेलुका ४ बजे शपथ लिदैछन्।
प्रतिक्रिया दिनुहोस्