काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य आइतबारको मूल्यमा कारोबार भइरहेको छ ।
आइतबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । आज तेजाबी सुन पनि तोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी तोलामा १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्