काठमाडौं । जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रुपाखेती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आज बिहान करिब साढे ७ बजे २४ बाहिनी अड्डामा प्रमुख सेनानी रुपाखेती आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।
घटनास्थलमा प्रहरी पुगेको र आजै पोस्टमार्टन गरिने बताइएको छ । यसबारे थप जानकारी पोस्टमार्टनपछि मात्रै दिन सकिने प्रवक्ता सिलवालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्