टाटाको मेगा सर्भिस क्याम्प आजबाट सुरु, देशभरका १२ वटा केन्द्रहरूमा सेवा प्रधान गरिँदै

खबर खुराक
खबर खुराक ११ पुष २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं। टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ। यी केन्द्रहरूमध्ये ३ वटा काठमाडौँ उपत्यकाका  बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्।  त्यसै गरी ,  बाँकी ९ वटा उपत्यका बाहिरका  स्थानहरू पोखरा, इटहरी , मेची, वीरगन्ज , ढल्केबार , हेटौडा , सर्रा,  धनगढी , नेपालगन्जमा रहेका छन्।

यस क्याम्पको उद्घाटन ललितपुरस्थित  बागडोलमा आयोजित एक  समारोहबीच  टाटा अन्तर्गतको इन्टरनेसनल बिजनेसका  (पेसेन्जर भेहिकल ) प्रमुख मायांक बल्दी , सिप्रदी ट्रेडिंगका सिइओ    राजन बाबु श्रेष्ठ , टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान ) अजित नारायण सिंह, सिप्रदीका सीओओ राजेश प्रसाद गिरी र सिप्रदीका उपाध्यक्ष सौरभराज थपलियाले संयुक्त रूपमा गरेका थिए।

समारोह उपस्थित सम्बद्ध विशिष्ट अधिकारीहरूलाई टाटा मोटरसका रिजनल कस्टमर केयर  (दक्षिण एसिया ) मेनेजर रंधिर कुमार चौधरी तथा सिप्रदीका  कस्टमर केयरका  (पेसेन्जर भेहिकल) प्रमुख कुमार भण्डारीले स्वागत गरेका थिए।

यस तीन दिने क्याम्पमा  टाटाका  “पेसेन्जर” श्रेणीका गाडीहरूको अत्यन्त प्रभावकारी ढङ्गले आवश्यक  जाँच गरिँदै छ। यस्तो  जाँच गराउँदा गाडी धनीहरूले विभिन्न आकर्षक छुट एवं  अन्य सुविधाहरू प्राप्त गर्नेछन्। म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको  खरिदमा क्रमश : १८, १५ र १८  प्रतिशत छुट लगायत टप वाशिंग, कम्प्युटर डायग्नोसिस ,  सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि  नि: शुल्क प्रदान गरिँदै छ।   यसको अतिरिक्त यस क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार नगद फिर्ताको पनि व्यवस्था छ।

“हाल नेपालमा टाटाका  पेसेन्जर” श्रेणीका गाडीहरू बजार द्रुत गतिमा भइरहेको छ।  यसै सन्दर्भमा यस्ता गाडीहरूको ग्राहकहरूलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना भइरहेको  छ ,” कम्पनी बताउँदछ। यो क्याम्पमा ग्राहकहरूको उत्साहजनक सहभागिता हुने पनि कम्पनीले विश्वास राखेको छ।

प्रतिक्रिया दिनुहोस्