Ad imageAd image

नेरुडे र मिर्मिरे लघुवित्त मर्जरमा जाँदै

खबर खुराक
खबर खुराक १२ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जर समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त दुई लघुवित्तबीच मर्जर समझदारी पत्रमा पुस ११ गते सोमबार हस्ताक्षर भएको हो ।

नेरूडेको केन्द्रीय कार्यालय मोरङको विराटनगर महानगरपालिका वडा नं. ३ मा रहेको छ भने मिर्मिरेको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिका वडा नं. ८ मा रहेको छ ।

नेरुडेले ११२ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १२१ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्