काठमाडौँ। विश्व प्रसिद्ध ‘स्मिर्नअफ’ भोड्का अब नेपालमा उत्पादन हुन थालेको छ। विश्वको नम्बर १ भोड्का ‘स्मिर्नअफ’ लाई नेपालको अग्रणी मदिरा उत्पादक कम्पनी नेपाल लिकर प्रालिले एक कार्यक्रमकाबीच लन्च गरेको हो।
कम्पनीले अब, स्मिर्नअफ भोड्का नेपालको विराटनगरमा रहेको कारखानाबाट उत्पादन भइरहेको बताएको छ। कम्पनीका कार्यकारी अध्यक्ष राजेश वीरसिंह तुलाधरका अनुसार तीन पटक डिस्टिल गरी दश पटक फिल्टर गरिने भोड्का नेपाली बजारमा उत्पादन गरी बजारीकरण भइरहेको छ। चर्चित सञ्चारकर्मी सुरजसिंह ठकुरी स्मिर्नअफ नेपालको ब्रान्ड एम्बेसडर रहेका छन्।
नेपाल लिकर प्राइवेट लिमिटेडले नेपाली बजारमा विभिन्न ब्रान्डका मदिराहरू प्रदान गर्दै आएको छ। एन्टिक्विटी ब्लू व्हिस्की, सिग्नेचर प्रिमियम/रेयर ह्विस्की, मिस्टर डोवेल्स नम्बर १ लक्जरी ह्विस्की, ब्लू-रिब्यान्ड जिनलगायतका ब्राण्ड कम्पनीले नेपालमा प्रदान गर्दै आएको छ।
यस पटक कम्पनीले संसारको नम्बर एक भोड्का स्मरनोफको उत्पादन र वितरण थालेको हो। विश्वका १३० भन्दा बढी देशमा बिक्री हुने स्मरनोफ भोड्का ७५०, ३७५ र १८० एमएल गरी तीन वटा भेरियन्टमा उपलब्ध छ। जसको मूल्य क्रमशः रु २२००, रु ११०० र रु ५५० रहेको छ।
प्रतिक्रिया दिनुहोस्