जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन तालिका सार्वजनिक

खबर खुराक
खबर खुराक १२ पुष २०७९, मंगलवार
1 Min Read
Aa

जनता समाजवादी पार्टी नेपाल जसपाको संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।  जसअनुसार पुस १३ गते मनोनयन दर्ताको समय तोकिएको छ भने सोही दिन उम्मेदवारको नामावली प्रकाशन, नाम फिर्ता लिने, दाबी विरोधको कार्यक्रम तय भएको छ । यस्तै सोही दिनको साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा गरिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । यद्यपि त्यसअघि सहमतिका लागि पहल हुनेछ ।

जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साह सबैभन्दा अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्