Ad imageAd image

बढ्‍‍यो सुनचाँदीको मूल्य

खबर खुराक
खबर खुराक १३ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य पाँच दिनयताकै उच्च भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख एक हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यही पुस ७ गते सुन तोलाको एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पुस ८ गते घटेर तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछिका दिनमा सुनको मूल्य बढेको देखिन्छ ।

सुनको मूल्य बुधबार मंगलबारको तुलनामा तोलामा ४०० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले मूल्यवृृद्धि भएर एक हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

- Advertisement -
Ad image

यस दिन तेजाबी सुन प्रतितोला एक लाख ६०० रुपैयाँमा करोबार भइरहेको छ । तेजाबी सुन मंगलबार प्रतितोला एक लाख २०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्