युनियन लाइफको लाभांश घोषणा

खबर खुराक
खबर खुराक १३ पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्त पुँजीको ९.११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

मंगलबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव कम्पनीको आउँदो वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्