१०७ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

खबर खुराक
खबर खुराक १३ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ उपत्यकामा बुधबार बिहान गरिएको  विशेष चेकजाँचका क्रममा १०७ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । जसमा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठीक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारबाहीमा परेका हुन् ।

यसैगरी ट्राफिक नियम उल्लंघन गर्ने ८ वटा स्कुल बसका चालकलाई पनि कारबाही गरिएको छ । सवारीको अवस्था ठीक नराख्ने ३ जना, झ्यालमा डण्डी नराख्ने ३  जना र कागजपत्र साथमा नबोक्ने २ जना गरी ८ जना स्कुल बसका चालकहरू रहेका छन् । यो सँगै कागजपत्र साथमा नबोकेका १ जना एम्बुलेन्स चालक र  ८१ जना अन्य चालकलाई पनि विविध कसुरमा कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सडकमा सहज तथा सुरक्षित यात्रा गराउन र ट्राफिक नियम पालना गराउन विशेष चेकजाँच गर्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्