Ad imageAd image

चीन र भारतमा संक्रामक भाइरस, नेपालमा के छ अवस्था ?

खबर खुराक
खबर खुराक १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं ।  छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा संक्रमण गर्ने खालको रहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा सो भाइरसले धेरै मानिसममा संक्रमण सार्ने बताए ।

उनका अनुसार ‘वि एफ ७’ ले अरु भेरियन्टभन्दा तीन-चारगुणा बढी संक्रमण सार्ने गर्दछ । “चीन र भारतमा यस किसिमको नयाँ भेरियन्ट फैलिरहेको छ । भारतमा पाँच जनामा देखिएको छ”, उनले भने, “भारतमा देखिएकाले हामी सतर्कता अपनाउनुपर्दछ ।”

प्रतिक्रिया दिनुहोस्