म्यानचेस्टर सिटी आर्सनललाई भेट्टाउँदै, लिड्समाथि ३–१ को जित

खबर खुराक
खबर खुराक १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । एर्लिङ हाल्यान्डको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले इङ्गलिश प्रिमियर लिग फुटबलमा बुधबार लिड्स युनाइटेडलाई ३(१ ले हराएको छ ।  जितसहित सिटीले शीर्ष स्थानको आर्सनलसँगको दूरी पाँच अंकमा झारेको छ ।

सिटी १५ खेलमा ३५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको आर्सनलको समान खेलमा ४० अंक छ भने तेस्रो स्थानको न्युक्यासल युनाइटेडको  ३३ अंक छ । चौथो स्थानको टोटनहमको ३० र पाँचौ स्थानको म्याचेस्टर युनाइटेडको २९ अंक छ ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा रोर्डीले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । ५१औं मिनेटमा हालान्डले सिटीको अग्रता दोब्बर पारे ।

६४औं मिनेटमा हाल्यान्डले सिटीका लागि तेस्रो गोल गरे । जारी सिजन २० खेलमा हाल्यान्डको यो २६औं गोल हो । उनी यसै सिजन मात्र जर्मन बुन्डेसलिगाको क्लब बासिया डर्टमन्डबाट सिटी भित्रिएका थिए । ७८औं मिनेटमा पास्कलले लिड्सका लागि सान्त्वना गोल गरे ।

सिटीले गत साता इङ्गलिश लिग कपको अन्तिम १६ मा लिभरपुललाई हराएको थियो । कतार विश्वकप २०२२ को विश्रामअघिको खेलमा ब्रेन्टफोर्डलाई नतिजा सुम्पिएको सिटी विश्रामपछि भने जित लय भेट्टाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्