नयाँ स्टक एक्सेन्ज र ब्रोकर लाइसेन्स दिन बनेको नियमवाली खारेज नहुने

खबर खुराक
खबर खुराक १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नयाँ स्टक एक्सेन्ज र ब्रोकर लाइसेन्स नदिन माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार खारेज गरिदिएको छ ।

नेपाल धितो बोर्डले नयाँ स्टक एक्सेन्ज र ब्रोकरलाई लाइसेन्स दिन नियमावली संशोधन गरेको थियो । सोही नियमावली खारेजीको माग गर्दै अधिवक्ता अमृत खरेल र इन्द्र बानियाँले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (चौथो संशोधन) नियमावली २०७९ र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (पाँचौँ संशोधन) नियमावली खारेज गर्न माग गरिएको थियो ।

तर, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलासले रिट खारेज गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्