Ad imageAd image

सत्ता साझेदार दलको बैठक सकियो, ओली बने संयोजक

खबर खुराक
खबर खुराक १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्ता साझेदार दलको बैठक सकिएको छ ।  बैठकले सत्ता साझेदार दलको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोकेको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताको सहभागी थिए ।

सत्ता गठबन्धनको बैठकमा सत्ता बाँडफाँड बाे छलफल र संयोजकमा एमाले अध्यक्ष ओलीलाई तोकिएको सरकारका प्रवक्ता समेत रहेका लामिछानेले बताए ।

सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रमको खाका तयार गर्नेछ । त्यसको संयोजकमा ओली रहेका हुन् ।

- Advertisement -
Ad image

प्रचण्ड सरकारलाई सात दलहरूको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्