Ad imageAd image

प्रधानमन्त्री दाहालले पुस २९ गते विश्वासको मत लिने

खबर खुराक
खबर खुराक १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २९ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा पुस २९ गते संसद बैठकबाट विश्वास मत लिने विषयमा छलफल भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते १ बजेका लागि प्रतिनिधि सभाको पहिलो बैठक आह्वान गरेकी छन् । पुस २९ गते बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकबाट प्रधानमन्त्री दाहालले विश्वासको मत लिने तयारी गरेको प्रधानमन्त्री निकट माओवादी केन्द्रका एक नेताले अन्नपूर्णलाई बताए ।

सरकार गठनका क्रममा नेकपा माओवादी केन्द्रलाई नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले समर्थन गरेपछि प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनिसकेका छन्।

- Advertisement -
Ad image

राप्रपाले सरकारमा जाने निर्णय गरिसकेको छ भने जसपाले सरकारलाई समर्थन गरेपनि सहभागिताको विषयमा भने केही निर्णय गरेको छैन ।
सत्ता साझेदार दलहरुले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। जसमा अर्थमन्त्रीमा विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ, गृहमन्त्रीमा रवि लामिछाने छन्।

यस्तै, ज्वालाकुमारी शाह,दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खानलाई विनाविभागीय मन्त्री तोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्