सडक दुर्घटनामा घाइते भएका भारतीय क्रिकेट ऋषभको अवस्था कस्तो छ ?

खबर खुराक
खबर खुराक १५ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परेका छन् । शुक्रबार बिहान ऋषभको कार दुर्घटनामा परेको थियो ।​ ऋषभको कार दिल्ली–देहरादुन राजमार्गमा डिभाइडरसँग ठोक्किएको थियो ।

हरिद्वार एसएसपी अजय सिंहले बीबीसीलाई भने, ‘दुर्घटना बिहान ५ः३०–६ बजेको बीचमा भएको थियो । ऋषभ पन्तको कार डिभाइडरमा ठोक्कियो । अगाडिको विन्डशिल्ड फुटेर उनी बाहिर निस्किए । कारमा आगलागी भएको थियो । प्राथमिक उपचारपछि लाइफ सपोर्टसहितको एम्बुलेन्स बोलाइयो । र उनलाई देहरादुनको म्याक्स अस्पताल पठाइएको छ ।’

‘हामीले डाक्टरसँग कुराकानी गरेका छौँ । प्रारम्भिक परीक्षणबाट ज्यान जोखिममा पार्ने कुनै कुरा नखुलेको डाक्टरले बताए । कुनै आन्तरिक चोट भने छैन, खुट्टामा चोट छ, ढाडमा चोट लागेको छ, टाउकोमा पनि चोट छ । बाँकी एक्स–रे रिपोर्ट आएपछि मात्र थाहा हुनेछ ।’

रिपोर्टका अनुसार पन्त आफैंले मर्सिडिज कार चलाइरहेका थिए ।

पूर्व क्रिकेटर तथा राष्ट्रिय क्रिकेट एकेडेमीका प्रमुख भीभीएस लक्ष्मणले ऋषभ ठीक रहेको र कुनै गम्भीर खतरा नभएको ट्विट गरेका छन् । लक्ष्मणले ऋषभको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पूर्व क्रिकेटर वीरेन्द्र सहवागले पनि ऋषभ पन्तको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्