मोबाइल फोनमा लाग्ने भन्सार तत्काल लागु नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

खबर खुराक
खबर खुराक १५ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं ।  विदेश बाट नेपाल मोबाइल लिएर आऊँदा तत्कालका लागि भन्सार तिर्नु नपर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थल भन्सार को नियम हाललाई कार्यान्वनमा नल्याउन निर्देशन दिनु भएको हो ।

विदेशबाट आउने व्यक्तिले प्रयोग गरिरहेको बाहेक अर्को मोबाइल फोन ल्याएको छ भने त्यसको भन्सार महशुल अनिवार्य तिर्नु पर्ने विमानस्थल भन्सारले  नियम ल्याएको थियो ।

भन्सार महशुल अनिवार्य तिर्नु पर्ने निर्णयको चौतर्फी विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्