झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

खबर खुराक
खबर खुराक १७ पुष २०७९, आईतवार
1 Min Read
Aa

झापा : हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ निवासी ६१ वर्षीया कृष्णमाया भण्डारीको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट उनका श्रीमान् ७१ वर्षीय शान्तिराम भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

शिवसताक्षी– ११ स्थित बच्चाबगरमा आइतबार बिहान साढे २ बजेतिर  एउटा छावासहित चारवटाको सङ्ख्यामा आएका हात्ती बस्तीमा पसेका थिए।

बस्तीमा पसेको हात्तीले घर भत्काउन थालेपछि सुतिरहेका भण्डारी दम्पती बाहिर निस्किएका थिए । त्यही क्रममा हात्तीले उनीहरूमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घाइते कृष्णमायाको उपचारको क्रममा दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको हो ।

 घाइते शान्तिरामको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्