Ad imageAd image

मिड सोलु हाइड्रोपावरले थायो व्यवसायिक विद्युत उत्पादन

खबर खुराक
खबर खुराक १७ पुष २०७९, आईतवार
1 Min Read
Aa

सोलुखुम्बु : सोलुखुम्बुको सोलुखोलामा निर्माण सम्पन्न मध्य सोलुखोला जलविद्युत आयोजना (मिड हाइड्रोपावर) ले व्यवसायिक विद्युत उत्पादन सुरु गरेको छ।

गत मंसिर २५ गतेबाट २० दिनसम्म गरिएको परीक्षण उत्पादन सफल भएपछि शुक्रबारबाट व्यवसायिक उत्पादन थालेको आयोजनाले जनाएको छ। नेपाल विद्युत प्राधीकरणले व्यवसाययिक उत्पादनका लागि आयोजनालाई मौखिक स्विकृति दिए पनि पत्र भने सोमबार प्राप्त हुने आयोजनाका इलेक्ट्रिकल इन्जिनियर एवं प्लान्ट इन्चार्ज अनिश खड्काले जानकारी दिए।

उनका अनुसार अहिले आयोजनाले ५ मेगावाट विद्युत उत्पादन गरिरहेको छ। ९.५ मेगावार्ट क्षमताको आयोजनाले हिउँद सिजनमा ५ मेगावाट मात्रै विद्युत उत्पादन गर्न सक्ने मिड सोलु हाइड्रोपावर लिमिटेडका निर्देशक माधव मैनालीले जानकारी दिए।

२०७७ असोजमा निर्माण सुरु भएको १३२ केभी प्रसारण लाइन आयोजनाको पावर हाउसदेखि खोरिया हुँदै सोलु करिडोरको सवस्टेशन तिङलामा जोडिएको छ। दुई वर्षमै निर्माण सम्पन्न भएको अयोजनाको विद्युत गृह सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुमा रहेको छ। परियोजनाको निर्माण लागत करिब २ अर्ब रहेको कम्पनीले जनाएको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्