रूम नम्बर १०३ बाहिर चिसो मौसम भए पनि भित्र न्यानो छ एसीले कोठा तातो बनाएको भए पनि । त्यसमाथि मेरो नजर सामु मेरि प्रेमिका छिन अनि मलाई न्यानो पनको आभास अझै धेरै छ उनको मायाको न्यानोपन उनको साथको न्यानो पन । अप्रत्याशित त्यो हाम्रो भेट लुम्बिनी को परिसर मा भएको हाम्रो बसाइ ११ मलाइ अझै पनि पत्यार लागेको छैन कि हाम्रो भेट आज निकै नपत्याउदो किसिमले भयो ।
तीन महिना सम्म नभएको हाम्रो भेट हामी भित्र निकै लामो समय पछि को एउटा मीठो छट्पटाहट र मीठो तड्पन उकुसमुकुस भएको थियो। मलाइ पत्याउनै गार्हो भएको थियो कि अकस्मात् हाम्रो भेट भएको छ। कोठामा एकछिन सुन्यता छाएको थियो मन भरी खुसी र उमङ्ग बोकेर भेट्न दौडिएको म उनलाइ देखेर मेरो आँखामा खुसिको आँसु छचल्किन थाल्यो। उनी मुस्कुराइरहेकी थिइन । झट्पट अङ्गालोमा बाधिएर उनी खुसीको आभास हरु बाटिन ‘काली मलाइ त कस्तो बिस्वास नै लागेन कसरी भेट्यौ ह ?’ उनले भनिन ।
नेपालमा सान्ती चाहियो भनेको होइन ? उनका यस प्रकारको कुरा सुनेर म एक्छिन अलमलिए उनले फेरिभनिन हाँस्दै फेरि पनि लुम्बिनी मा अब एउटा बुद्द जन्मिन्छ? उनका कुरा सुनेर म बेस्सरि हाँसे । उनको स्पर्शले बिभोर भएको मेरो नसामा उनको प्रेम र इछ्याको रगतहरु दौडन थालेका थिए । महिनौ पछिको हाम्रो मीठो मिलन उनलाइ आँखा नै बन्द नगरी हेरिरहन ब्यस्त रह्यो उसै त कहिल्यै थाक्दैनन्न यी नजर उनलाइ हेरेर । साच्ची बदमाश छन मेरा नजर जब जब म हेर्छु मुहारमा आएको बादल जस्ता केश हल्का हटाएर उनी लजाउछिन जसरी लज्जावती फुल लाजले भुतुक्क हुन्छ ।
उनी हिउँ जस्तै पग्लिन्छिन जसरी बिहानिको न्यानो घाम लागे पछि हिउ पग्लिन्छ । उनी मेरो आखाको उपनाम ‘बदमाश’ राखिदिएकी छिन बदमास छन रे जसलाइ हेर्छ बर्बाद गर्छ रे । उनी मेरो आँखा चुम्दै भन्छिन ‘म बाहेक कसैलाइ नदेखोस यो बदमाश ले नत्र त प्रेम मा बर्बाद गरिदिन्छ । म मात्र बर्बाद हुन चाहान्छु तपाइको आँखा मा तपाइको मायामा । बर्बाद हुन पनि त कसै माथी हक चाहिन्छ त्यो हक म मात्र लिन चाहान्छु।’ उनी मलाइ औधी माया गर्छिन जसरी आकाश ले धर्ती लाई धर्तिले आकाश लाई गरेको छ निरन्तर जन्मान्तर सम्म । हामी पनि एक अर्कालाइ निरन्तर माया गर्छौ जन्मान्तरसम्म ।
महिनौ सम्मको प्यास ले भरिएको हाम्रो प्रेम आज एक अर्काको साथ ले प्यास समेट्यो एक अर्काको । प्यास मेट्न त उनी जति पिए पनि पिइरहु जस्ती छिन । उनी पानी पनि होइन्नन ,उनी त अमृत हुन जति पिए पनि पिइरहु जस्तो लाग्ने ,बाचिरहु जस्तो लाग्ने । जिन्दगी मा मलाइ जता बाट पनि समेट्ने उनी नै हुन कहिले जिन्दगी देखि हार्दा होस१ कहिले दुख सङ्ग हार्दा होस या कहिले आफै सङ्ग हार्दा होस जता जता बाट म हारिरहन्छु लडिरहन्छु उनी समेट्न आइपुग्छिन, उनी उठाउन आइपुग्छिन । उनी मेरो जिन्दगिको अमृत हुन । बार बार पटक पटक मलाइ जिन्दगी दिएर अजम्बरी बनाउ छिन।
सेतो पर्दा खोलेर बाल्कोनी बाट हामी दुई ,रात को बेला आकासको तारा हेरिरहेका थियौ। होटेलको तल कुर्चिमा बसेर दुई बिदेसी जोडि गफिरहेको हामी देखिरहेका थियौ। विदेशी जोडि मध्य पुरुषले चुरोट तानिरहेको थियो। भने यता उसले तानेको चुरोट को बास्नाले मलार्इ तानिरहेको थियो। त्यस्तो चुरोट पिइरहने र चुरोटको लत लागिसकेको त्यस्तो नभइ नहुने पनि होइन तर खोइ किन कहिले काहीँ कहि कतै देख्दा चुरोट्ले मेरो मन तानिहाल्छ। धुवा त हो तै पनि किन यस्तो लाग्छ खोइ ?
संसारमा देखिने बस्तु भन्दा नदेखिने अदृश्य बस्तुले मानिसलाइ बढी खुसी बनाउन सिकाउछ। त्यसमध्य प्रेम, आभास, र यो चुरोटको धुवा, देखिने केही होइन तर आनन्द दिन्छ खोइ के हो के को आनन्द खुब मज्जा दिन्छ । त्यसै बिच उनिहरुले तानिरहेको धुवाले उनलार्इ पनि असर गरेको हुनु पर्छ मेरो नजिकै टासिएर उनले त्यो जोडि तिर हेर्दै भनिन । ‘होइन यो चुरोटमा के छ त्यस्तो? मान्छे हरु यो चुरोट पिएर के पाउछरु चुरोट पियो भने पीडा कम हुन्छ भन्छन के यो साची हो त ?’
मैले मुस्कुराउदै भने ‘खोइ त्यो त मलाइ थाहा भएन तर आनन्द अबस्य आउँछ’ मेरो कुरा सुनेर उनी मेरो मुख मा हेरेर हासिन । उनले म तिर हेरेर खोइ किन हासिन बुझेर हो पक्कै मलाइ चुरोट ले ध्यान तानिरहेको छ उनी बुझिन म स्पष्ट भए। ‘सानु एकपटक मात्र पिउछु ल धेरै दिन भयो पिएको छैन कसम’ मैले उनलाइ मीठो अनुरोध गरे उनी आँखा ठूलो पारेर मलाइ हेर्दै कुर्चिमा बसिन र भनिन ‘चुरोट खासै पिउदिन भनेको होइन ? नपिए पनि त हुन्छ किन पिउनु पर्यो ।’
मैले उनको रिसलाइ हल्का सम्हाल्दै फकाउने बाहानामा भने ‘चुरोट र तिमी एउटै छौँ माया जति पिए पनि पिइरहु जस्तो लाग्ने ? सानू म एउटा मगाए ल कस्सम म ब्रस गरिहाल्छु ।’ त्यतिन्जेल मैले चुरोटको अडर गरिसकेको थिए चुरोट दिएर वेटर गयो चुरोट सल्काउदै एक पटक मज्जाले धुवा उडाए पछि मैले एकपटक उनको अनुहारमा हेरे त्यतिन्जेल सम्म एकटक ले उनले मलाइ हेरिरहेकी थिइन फेरि हाम्रो आँखा जुदेपछी उनले भनिन ‘मलाइ चुरोटुँग दाजिहाल्नु भयो तर चुरोट लाई जस्तो मलाइ नबनाउनु है पहिले ओठ ले चुम्ने अनि पैतालाले किचिदिने ।’
उनको कुरा सुनेर म एकछीन सोच मग्न भए र भने ‘नाइ म त हातले मिच्ने हो माया ले सम्हालेर कता कता तिमिलाई काउकुती नै लागेपनी छोड्दिन।’ मेरो कुरा सुनेर उनी एक्छिन हासिन तर हासो ओठसम्म ल्याएर उनी रोकिइन । खोइ किन उनी एकाएक निरास बनिन म चुरोट को खरानी एस्ट्रेमा झार्दै उनको अनुहारको त्यो निरासता नियालिरहे उनले भनिन ‘चुरोट नपिए पनि हुन्न? थाहा छ चुरोट्ले स्वास्थ खराब गर्छ हजुरको मुटु कलेजो सबै ।’ उनको त्यस प्रकारको कुरा सुन्नसाथ म उम्किन खोजे अब उनले यो कुराले निहु नखोजुन दुखी नभौन र हाम्रो त्यो रमाइलो पल खराब नबनोस मैले रोक्दै भने ‘अब यो कुरा छोडिदेउ न माया अरु भन म यो चुरोट कहिले काहीँ पिउछु त्यस्तो केही हुँदैन ।’
एक छिन उनी रिसाए जस्तो मौन मुद्रामा निहुरिरहिन उनको त्यो व्यवहारले मलार्इ कता कता नराम्रो लाग्यो उनले मेरै लागि भनेकी हुन मलार्इ थाहा थियो तर पनि चुरोटले मलार्इ कता कता एउटा नमेट्टिने छाप मेरो मानसपटलमा राखेको थियो त्यसैले म उनको अनुरोध लाई नकारिरहेको थिए । उनको कुरा हरु मा आज सम्म मैले नसुनेको वा नटेरेको एहि एउटा बिसय थियो । जुन कुराले कहिले काहीँ हामी बिच झगडा पैदा गर्थ्यो। त्यसदिन उनले सानो स्वरमा विनम्र अनुरोध गरिन् । ‘एउटा कुरा भन्छु मान्नुहुन्छ?’ म पहिल्यै सतर्क भएर भएर भने ‘अह भो भो कसम खुवाउने काम नगर ल ।’ म पहिल्यै तर्सिएको देखेर एकछिन उनी ठुलो आँखा पारेर घुरिरहिन हल्का रिस हल्का माया मिसाउँदै । ‘त्यस्तो कसम होइन के ।’ ल ल भन न त मैले अनुमति दिए पछि उनले भनिन ‘मलाइ धेरै माया गर्नुहुन्छ हैन?’
मैले टाउको हल्लाए ‘अ गर्छु सोध्न पर्छ र ?’ म हजुरको मुटुमा छु हैन त? उनले भनिन म सान्त भएर जवाफ दिए ‘छौ’ मेरो मुटुमा । उनले भनिन
थाहा छ चुरोट ले सबै भन्दा बढि असर मुटुमा गर्छ? यदि त्यो मुटुमा म छु भने किन मलाइ रोगी बनाउन चाहानुहुन्छ? छोड्दिनुस चुरोट । उनको कुराले मलाइ धेरै बिचलित बनायो अनुत्तरित भए मेरा ओठ जवाफ दिनु त थियो जोगिनु थियो हास्दै भन्न थाले। ‘मैले पिएको चुरोट्ले मुटुमा होइन छाला मा असर गर्छ मुटु जोगाएको छु सानू पिर नगर ।’ उनले फेरि भनिन मायालु पारामा । ‘हजुरको हरेक ढुकढुकी मा हरेक श्वास हरेक नसा नसा रगत रगत मा म छु छाला पनि त छोडेकी छैन नि फेरि किन मलाइ खराब गर्न मन छ हजुरलाइरु भन्नू त जति जति हजुर चुरोट तान्नुहुन्न्छ त्यति म खराब हुन्छु ।’
उनले यसरी सम्झाइन कि मलाइ लाग्यो म साच्ची चुरोट छाडिदिउ त्यतिन्जेल चुरोट सकियो र एस्ट्रेमा चुरोटको ठुटो राख्दै म मुसुक्क हासे उनी मेरो नजिकै आएर काखमा बसिन उनले यसो गर्दा झन धेरै माया लाग्यो उनलार्इ चुरोटको कुनै धुवाले असर गरेन घिन पनि मानिनन मलार्इ माया जो गर्थिन एकपटक उनका गुलाबी ओठले मेरो भर्खर चुरोटको धुवाले सुकाइरहेको ओठ चुम्न थाल्यो जसरी फुल को रसमा भमरा भुल्छ म पनि भुलिरहे एक्छिन को त्यो मिठो पल पछि उनले मेरो आखामा हेर्दै भनीन् । ‘हजुर सङ्ग यो चुरोट पछि को चुम्बन अन्तिम होस सानू अब चुरोट नपिउनु ल १ हजुरलाइ अरु केही चिज को लत लाग्ने होइन मेरो प्रेमको मात्र लत लाग्नु पर्छ नसा लाग्नु पर्छ बुझ्नु भयो नि ।’ उनको चुम्बन र अनुरोध यति प्यारो लाग्यो कि मलाइ चुरोट लै त्याग्न मेरो आत्मा तम्तयार भयो उनको अगाडि केही बोलिन तर मनले भनिरह्यो । यति मीठो अनुरोध कसरी नकार्न सक्छु र अब बाट पिउदिन सानू ।
कस्तो मायालु पाराले सम्झाउछिन उनी मलाइ यस्तोमाया लाग्छ कि उनी मलार्इ सम्झाउन र फकाउन अनौठा तरिका अपनाउछिन जति रिस उठेपनी मरिहाल्ने साच्ची उनको यो कला मलाइ सार्है मन पर्छ । त्यो माया पनि के साचो माया ? जहाँ एउटा रिसाउदा अर्कोले फकाउन सक्दैन । बर्सौ भयो हाम्रो मीठो मायाको सम्बन्ध अघि बढेको सधै नया र मिठास पन छ जति भेट्यो उति भेटिरहु लाग्ने नया लाग्ने उनी हरेक भेट मा नयापन दिन्छिन खोइ त्यस्तो के विशेषता लिएर उनी आएकी हुन मेरो लागि यो धर्ती मा उनी खास छिन मेरो लागि जहिले पनि खास नै रहनेछिन।
कस्तो मीठो लाग्छ त्यो पल जब उनी मेरो काख मा बसेर आफ्नो हातले खाना खुवाउछिन । जब सलाद को एक टुक्रा आफुले टोके पछि मात्र मलाई खुवाउछिन । जब खाना खादै गर्दा झुक्याएर सताइरहन्छिन । एउटा पतिब्रता पबित्र स्त्री जस्तै मेरो सेवा गरिरहन्छिन । कति धेरै ख्याल राख्छिन सानो सानो कुरा को । मलाइ उनको यहि कुरा ठिक लाग्छ । जब उनी मेरो काख मा निदाउछिन म उनलाइ हेरिरहन्छु मेरो भोक प्यास र निद हराउछ जब उनी मेरो साथ पाउछिन उनलाई असाधारण भोक र निद लाग्छ । सानो बच्चा जस्तो मस्त निदाउछिन उनी जसरी बर्सौ सम्म अनिदो मानिस ले निद भेटेको हुन्छ त्यस्तैउनी मेरो काख मा निदाउछिन,, एकदमै कोमल कोपिला जसरी । म एकोहोरो मोहित हुन्छु उनी निदाएको बेला झन धेरै प्यारी देखिन्छिन झन माया लाग्छ । उनी पारिजातको फुल जस्तै हुन रात भरी फुल्छिन उज्यालोमा बास्ना छर्छिन मेरो मायामा ।
म कहिले काहीँ निकै मुर्ख हुन्छु उनको प्रेम को प्यास ले उनको बास्नाको प्यास ले निन्द्रामै बिउझाइदिन्छु । उनी झर्किदिनन निन्द्रामै उठेर मुस्कुराइदिन्छिन उनमा समर्पित हुने निन्द्रा देबि पनि बास्ना ले भरिएकी हुनुपर्छ साएद सहर्ष स्विकार गरिदिन्छिन उनलाइ बिउझाइदिन्छिन। उनी सङ्ग त कति छिटो रात बित्छ उज्यालो बोकेर सुर्यकोकिरण कोठा सम्मै उनको नौनी बदन छुन आत्तुर हुन्छ । बिहानै कफि पिएर हामी हत्तार हत्तार लुम्बिनी को भ्रमण को लागि निस्कियौ । हात समातेर सुनसान बाटो जाँदै गर्दा उनी मलाइ सुनाउछिन ‘सानू कहिले दिनुहुन्छ मलाइ आफ्नो सिन्दुरको अधिकार ?’ उनको कुरा सुनेर म भन्छु ‘अहिल्यै तयार छु तिमी अनुमती देउ । ‘हुन्छ हात काटेर सिउदो भरिदिनु न त ।’
उनी मेरो हात मा आफ्ना हात मिसाउदै भन्छिन म ट्क्क अडिन्छु र यता उति हेर्छु ‘ढुङ्गाले हात काटेर लगाइदिन्छु सानू साच्ची ।’ उनी मलाइ रोक्दै भन्छिन ‘त्यसै भनेको बादर म त यसरी कहाँ सिउदो भर्छु र म त सब दुनियाको सामु हजुरकी भए भनेर मन्डप मा बसेर, माइती लाई सिन्दुर लुकाएर, धुम धाम सङ्ग भर्ने हो यो सिउँदो ।’ उनी फेरि भन्दै जान्छिन कस्तो होला है सानू त्यो पल जब म दुनियाको सामु हजुरकी हुन्छु, यसरी लुकि लुकि भेट्नु पर्दैन, हजुरको फेसबुक टिकटक मा नचिने जस्तै कमेन्ट गर्नुपर्दैन । अहिले लुकाइ लुकाइ राखेका हजारौ फोटो र भिडियो देखाउन पाइन्छ कस्तो होला त्यो पल भन्नू न सानू मलाइ त्योअधिकार कहिले दिनुहुन्छ ? कि म हरेक पोस्ट मा हजुरलाइ ट्याग राख्न सकु सब सोच्छु र म कस्तो सन्सार मा हराउछु थाहा छ ?
उनी आफ्नो सपनाको वयान मलाइ सुनाउछिन यस्तो लाग्छ परि आएर मलाइ आफ्नो सुनौलो सपना मलाइ सुनाएकि हुन । मैले उनलाई नजिकै तानेर भन्छु ‘म त तयार त हो नि सानू तिमिले मलाइ कुराएकी छौँ ।’ उनी फेरि म वाट पर पुगेर बयान गर्छिन ‘सानू अनि नि जब म हजुरकी हुन्छु, हजुरको सिन्दुर पहिरिएर, हजुरको हात समाउदै नाडिका छिन छिन चुरा बजाएर अघि पछि ढुक्कले हात समातेर आउछु तब मलाइ कति सुरक्षित महसुस हुन्छ होला यसरी हिड्दा अरुले सोच्ने नजर नराम्रो होला म प्रती तर हजुरको भए पछि मलाइ अरुले हेर्ने नजर फेरिन्छ म आफ्नो इज्जत मा ढुक्क भएर हिड्न पाउछु ।’ उनका यस्ता कुरा सुन्दै आधा लुम्बिनी घुमेको पत्तै भएन ।
कहिले हात समातेर फोटो खिच्छिन,कहिले बादर का एक हुल देखाएर भन्छिन ‘हजुर जस्तै हेर्नुस त।’ कहिले बोरा उठाउदै गरेकालाई देखाएर भन्छिन ूहजुरको भबिस्यको जागिर हेर्नुस त ‘कहिले मलार्इ पोज सिकाउछिन, कहिले टिकटक बनाउछिन र भन्छिन’ सब सम्हालेर राख्नु नि बिहे पछि सब राख्नु पर्छ । जिस्किन्छिन मलाइ सताउछिन कहिले नाच्छिन त कहिले नाच्न पठाएर भिडियो बनाउछिन अनि भिडियो हेर मुर्छा परि परि हास्छिन साच्ची पागल छे । उनको त्यो मिठो चंचलता कस्तो भर्खरै गुड बाट पखेटा हालेर उड्न लागेको भगेरो को जस्तो। म भने उनी जे भन्छिन ज्ञानि भएर मानिरहन्छु । न रिस उठ्छ न झिजो लाग्छ । उनी छिन नै यति प्यारी…
लुम्बिनी घुमेर फर्कदै गर्दा एउटा होटेल मा चिया पिउदै मैले भनेको थिए ‘सानु तिमिले मलाइ हर भेटमा अनौठो सर्प्राइज दिन्छ्यौ यी भेट पनि त्यस्तै भयो कहाको काठमाडौबाट अचानक भेट्न लुम्बिनी बोलायौ । तिम्रा यादहरु हरेक सहरमा छन कहिले काठमाडौ कहिले पोखरा, कहिले बुटवल त कहिले लुम्बिनी हरेक चोक चोक मा हरेक गल्ल्लि गल्ली मा तिमीसँगको याद रहने भयो कहि गए पनि मलार्इ छाड्ने भएन सानू मेरो कुरा सुनेर उनी भनिन । ‘म चाहेको नै यहि हो हरेक गल्ली मा मेरो याद बसोस मैले हसाएको मैले सताएको मैले जिस्काएको, मैले कुरा गरेको सब याद रहोस । मलाई धोका दिएर अरु कसैसँग त्यही बाटो हिड्दा पनि याद आओस मेरो र मेरो मायाको ।’
उनका कुरा सुनेर मलाइ झन धेरै माया लाग्यो हत्तपत्त अरुले नदेख्ने गरि एउटा मीठो चुम्बन उनको निधारमा बर्साए र भने ‘सबै भन्दा बढि याद म तिमिलाउ यो चुम्बनको दिदै छु याद राख्नु ल।
ग्लोबल आवजबाट………..
प्रतिक्रिया दिनुहोस्