देवदह । ।रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत वडा नम्बर ११ मा रहेको सिटिजन लघुबित्त वित्तीय संस्थाले सर्वसाधारणलाई ज्यादती गरेको भन्दै स्थानिय आक्रोशित भएका छन् ।
लघुबित्तका कर्मचारीले अनावश्यक रुपमा डर त्रास देखाएको भन्दै स्थानीयले घर जग्गा र किस्ता रकम सम्बन्धि कागजातमा हस्ताक्षर गर्न लागिएको पत्र हरु जलाईएकाे हो ।
वित्तीय संस्थाले गाउँटोलमा महिला दिदिबहिनीहरुलाई मानसिक दबाब दिने, डर त्रास देखाउने, जनतालाई आतंकित पार्ने, जवर्जस्ती हस्ताक्षर गराउने, बचत रकम फिर्ता नदिने जस्ता जनविरोधी कार्यहरु गरिरहेको र यस्ता खालका गतिविधि बन्द गर्न आग्रह गर्दा समेत अटेर गरेपछि आक्रोशित बनेका सर्वसाधारणले कागजात जलाइदिएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी बहुमतको समर्थन
यसै विच उक्त लघुबित्त वित्तीय संस्थाले अनावश्यक रुपमा डर त्रास देखाएको भन्दै स्थानीयले घर जग्गा र किस्ता रकम सम्बन्धि कागजातमा हस्ताक्षर गर्न लागिएको पत्रहरु जलाईएकाे घटनालाई सर्वसाधारणले गरेको कारबाही भन्दै नेपाल कम्युनिस्ट पार्टी बहुमतले समर्थन गरेको छ।
नेकपा बहुमत जिल्ला समिति रुपन्देहीले एक प्रेस बक्तब्य जारी गर्दै नेकपा बहुमत जनतन्त्रको पक्षमा निरन्तर संघर्षरत रहेको बताएको छ।लघुवित्त संस्थाहरुले जनतामाथि गरेको ज्यादती विरुद्द निरन्तर आवाज बुलन्द गराउदै आएको प्रेस बक्तब्यमा उल्लेख गरिएको छ।
नेकपा बहुमत रुपन्देहीले सर्वसाधारणले सिटिजन लघुवित्तमा गरेको कारबाहीको समर्थन गर्दै जनताका मागहरू पूरा गर्न र जनतामाथि अनावश्यक ज्यादती नगर्न वित्तीय संस्थाहरुलाई चेतावनी समेत दिएको छ।साथै वित्तीय संस्थाहरुले जनविरोधी हर्कतहरु नरोके थप संघर्षका कार्यक्रम गर्ने समेत नेकपा बहुमत रुपन्देहीका संयोजक क.विजयद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्