लन्डन : इङ्लिस प्रिमियर लिगमा आइतबार राति एस्टन भिल्लाले टोटनहमलाई २–० को नतिजामा पराजित गरेको छ। टोटनहमको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा आक्रामक बनेको भिल्लाका लागि ५० औं मिनेटमा इमिलियानो बुएनडियाले गोल गर्दै अग्रता दिलाएका थिए। उनले ओली वाट्किन्सले दिएको पासलाई गोलमा परिणत गरेका थिए।
जोन म्याकगिनले दिएको पासमा डोग्लास लुइजले ७६औं मिनेटमा गरेको गोलसँगै भिल्लाले जित सुनिश्चित गर्यो। जितसँगै १७ खेलबाट २१ अंक जोडेको एस्टन भिल्ला अंक तालिकाको १२औं स्थानमा उक्लिएको छ।
परातिज टोटनहम समान खेलबाट ३० अंकसहित पाँचौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्