प्रभुको मोबाइल बैंकिङ्ग सेवा अत्याधुनिक प्रविधि र सुविधासहित सञ्चालनमा

खबर खुराक
खबर खुराक १८ पुष २०७९, सोमबार
3 Min Read
Aa

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले साविकमा सञ्चालन गरिरहेको प्रभु मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नत्ति गरी थप बैंकिङ्ग सुविधासहित डिजी प्रभु नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ ।

बैंकले पुस १६ गते शनिबारदेखि सञ्चालनमा ल्याएको डिजी प्रभुमार्फत प्रभु बैंकका ग्राहकहरूले आफूले चाहेको समयमा जुनसुकै स्थानबाट मोबाइल, ट्याबलेट, ल्यापटपको माध्यमबाट प्रभु बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

उपलव्ध सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङ्ग एपलाई अद्यावधिक–अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले एप्पल स्टोर वा गुगल प्ले स्टोरबाट एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

आधुनिक र नविनतम् प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल बैंकिङ्ग एपको नयाँ संस्करण ग्राहकहरूलेसजिलै वेब ब्राउजर https://digiprabhu.prabhubank.com  माध्यमबाट समेत प्रयोग गर्न सक्नेछन् ।

के छ यसको लाभ ? 
बैंकका अनुसार ग्राहकहरुले विभिन्न सात प्रकारका सुविधाहरुको लाभ लिन सक्नेछन् –
१.    पासवर्ड र पिन बिर्सिएमा आपैmले रिसेट गर्न सकिने ।
२.    मोबाइल बैंकिङ्गमा भएको कार्डलेस सुविधा प्रयोग गरी एटीएमको माध्यमबाट नगद झिक्न सकिने ।
३.     बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सकिने ।
४.    बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न सकिने ।
५.    ई–भौचरको माध्यमबाट नगद निक्षेप गर्न सकिने ।
६.    ई–क्यासको माध्यमबाट प्रभु बैंकमा खाता नभएका ग्राहकहरुले समेत मोबाईलमा प्राप्त कोडको आधारमा रकम झिक्न सकिने ।
७.    फोनपे तथा नेपालपे क्यूआरमा स्क्यान गरी क्यूआर कोडमा आधारित सरल भुक्तmानी गर्न सकिने ।

उपरोक्त बैंकिङ्ग सुविधाहरुका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि ग्राहकहरुले उपभोग गर्न सक्ने बैंकले जनाएका छ ।

डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज रुपमा बैंकिङ्ग सुविधा उपलब्ध गराउने लक्ष्य लिई आगामी दिनहरुमा मोबाईल बैंकिङ्ग सेवामा थप सुविधाहरु क्रमशः डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने, कार्डसँग सम्बन्धित विभिन्न सेवा थप गरी बैंकिङ्ग सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउँदै लैजाने उद्देश्य रहेको पनि बैंकले जनाएको छ ।

ग्राहकमैत्री प्रविधिहरु भित्र्याउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु जस्तै अनलाइनबाट बचत तथा मुद्दती खाता खोल्न सकिने, विना कुनै झञ्झट फोनलोन सेवाको उपभोग गर्न सकिने जस्ता सुविधाहरु पनि आफ्ना ग्राहक महानुभावहरुलाई प्रदान गर्दै आइरहेको जनाएको छ ।

बैंकले आफ्नो बारेमा जानकारी दिँदै भनेको छ, ‘सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर २१७ वटा शाखा, १९४ वटा एटिएम, ६३ वटा एक्स्टेन्सन काउण्टर तथा ७०० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरीय एवं प्रविधिमैत्री बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्