Ad imageAd image

चिनियाँ खोपको अनुमति पर्खदै सरकार

खबर खुराक
खबर खुराक १८ पुष २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं । चिनियाँ खोप ‘साइनोभ्याक’ को प्रयोगका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को निर्णय सरकारले पर्खिएको छ । चीनले दिएको खोप बुस्टर डोजका लागि प्रयोग गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा डब्लुएचओले ‘साइनोभ्याक’ खोपको अनुमति दिएपछि मात्र प्रयोग गर्न भएकाले सरकार निर्णय कुरेर बसेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले मौज्दात रहेको ‘साइनोभ्याक’ खोपका सम्बन्धमा डब्लुएचओले निर्णय गरेपछि मात्र प्रयोग गर्न मिल्ने बताए ।

“साइनोभ्याक खोप बुस्टर डोजका लागि त्यति प्रभावकारी रहेको छैन”, उनले भने, “त्यही भएर हामीले बुस्टर डोजका लागि प्रयोग गरेका छैनाँै । बुस्टर डोजका लागि प्रयोग गर्नका लागि डब्लुएचओले अनुमति दिनुपर्दछ । अनुमति दिएपछि मात्र हामीले प्रयोग गर्छौँ ।”

उनका अनुसार डब्लुएचओले अनुमति दिएपछि नेपालको खोप सल्लाहकार समितिले पनि अनुमति दिनुपर्ने हुन्छ, अनि मात्रा प्रयोग गर्न मिल्छ । “डब्लुएचओले नियमित रुपमा खोपको प्रभावकारीताबारे अध्ययन गरिरहेको हुन्छ,” उनले भने, “डब्लुएचओले गरेको अध्ययनमा बुस्टर डोजका लागि प्रयोग गर्न मिल्छ भनेपछि मात्र हामीले प्रयोग गर्दर्छौँ ।” चीन सरकारले सन् २०२२ मार्च २६ र २८ तारिखमा करिब ४० लाख मात्रा ‘साइनोभ्याक’ खोप उपलब्ध गराएको थियो ।

- Advertisement -
Ad image

महाशाखा निर्देशक डा लालले कुनै मुलुकलाई प्रयोग गर्न दिन सकिने बताउँछन् । सरकारले माथिल्लो तहले नेपाल जस्तै महामारी फैलिएको मुलुकमा प्रयोग गर्न सकिने भएकाले अन्य मुलुकलाई पहिलो र दोस्रो मात्राको प्रयोगका लागि दिन सकिने बताउँछन् ।

उनले नेपालमा पनि कुनै ठाउँबाट पहिलो र दोस्रो मात्रा प्रयोग गर्नका लागि माग गरिएमा पठाउन सकिने बताए । आगामी २०२३ को अक्टोबर महिनासम्म उक्त खोपको म्याद रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।

अहिले ती खोपलाई केन्द्रीय भण्डारण टेकुमा राखिएको छ । सरकारले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भएपछि अमेरिकाबाट कोभ्याक्समार्फत १५ लाख फाइजर खोप ल्याउन थालेको हो ।

 

प्रतिक्रिया दिनुहोस्