प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

खबर खुराक
खबर खुराक १८ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बस्दै छ । उनले २६ गतेको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत उक्त दिन लिने संसद् सचिवालयलाई जानकारी गराइसकेका छन् । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी गराएको पुष्टि गरे ।

“उहाँले २६ गते बस्ने बैठकको कार्यसूचीमा विश्वासको मत लिने कार्यक्रम राख्न सचिवालयलाई जानकारी गराउनुभएको छ,” प्रवक्ता पाण्डेले बाह्रखरीसँग भने ।

सरकार बनाउँदा प्रचण्डले राष्ट्रपति समक्ष १६९ जनाको हस्ताक्षर बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्