पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक समृद्धीको ढोका खोल्यो : उपमहासचिव गुरुङ

खबर खुराक
खबर खुराक १८ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल हुने बताएका छन् । उनले गरिबी निवारणको ढोका खोलेको पनि बताए ।

आइतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन पश्चात न्युज एजेन्सी नेपालसँग पोखरामा कुराकानी गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक ल्याउन अन्य पर्यटन पूर्वाधारहरु निर्माण गरी पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारण गर्ने ढोका खुलेको बताएका हुन् । उनले विमानस्थलमा व्यवसायिक उडान सुरु भए पनि विमानस्थलसँग जोडिएका अन्य पूर्वाधारहरु बनाउन बाँकी रहेको बताए ।

उनले धेरै दुःख गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सफल भएकाले व्यवसायिक उडान सञ्चालनमा आउँदा खुसी भएको बताए । उनले नेपालको नागरिक उड्डयन क्षेत्रमा सबैभन्दा ठूलो नीतिगत निर्णय २०६४ सालमा आफू पर्यटनमन्त्री भएको बेला भएको दाबी गरे । उनले े पर्यटनमन्त्री भएको बेला पोखरा अन्तर्राष्ट्रिय र भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नीतिगत निर्णय गरेको उल्लेख गरे ।

उपमहासचिव गुरुङले अब बाँकी रहेको अन्य विमानस्थलहरू पनि सञ्चालन गरेर अन्य पूर्वाधार बनाएर भारतीय, चिनियाँ र युरोपका पर्यटकहरु धेरै ल्याउन सके पर्यटनको माध्यमबाट गण्डकीको समृद्धि सम्भव रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्