दाङ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा रोल्पाको जोखबहादुर महरा सर्वसम्मत चयन भएका छन् ।
सोमबार बिहान दाङको देउखुरीमा बसेको माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको बैठकले महरालाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो ।
माओवादीमा प्रत्यक्षतर्फबाट निर्वाचित तुलाराम घर्ती, इन्द्रजित थारु चौधरी, कृष्णा केसीले दलको नेतामा दाबी गरेपछि टुंग्याउने सकेको थिएन ।महरा रोल्पा १ (१)बाट निर्वाचित हुन् ।
लुम्बिनी प्रदेशसभामा माओवादीबाट प्रत्यक्षतर्फ ५ जना र समानुपातिकतर्फ ४ गरी ९ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । माओवादीले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्न बाँकी रहेको माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए।
संसदीय दलको नेतामा निर्वाचित महरा माओवादीको स्थायी कमिटि सदस्य एवं प्रचण्डको सचिवालयमा बसेर लामो समय काम गरेका नेता हुन् ।
प्रतिक्रिया दिनुहोस्