ओलीले लगाए जुक्ति, एमालेको सिट सङ्ख्या ७९ पुग्यो

खबर खुराक
खबर खुराक १९ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुक्ति लगाएर एमालेको सिट सङ्ख्या बढाएका छन्

अध्यक्ष ओलीले रौतहट-२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साहलाई एमालेमा भित्राएर एमालेको सिट सङ्ख्या बढाएका हुन् ।

प्रतिनिधिसभा तर्फ कुल ७८ सिटमात्र ल्याएको एमालेले एक सिट थप्दै ७९ पुर्‍याएको छ ।

अध्यक्ष ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् ।  सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।

साह रौटहट २ मा ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मो. फिरदोस आलमले २८ हजार २४८ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्