Ad imageAd image

मनाङ मर्स्याङ्दी क्लबको टिम घोषणा

खबर खुराक
खबर खुराक १९ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : मनाङ मस्र्याङ्दी क्लबले नयाँ सिजनका लागि टिम घोषणा गरेको छ। मनाङले मुख्य प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा प्रविन श्रेष्ठलाई अनुबन्ध गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

मनाङले नयाँ सिजनका लागि दीप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल, रोशनराना मगरलाई अनुबन्ध गरेको छ।

‘नयाँ सिजनको लिगमा हामीले युवा खेलाडीमाथि विश्वास गरेका छौं। उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई अनबुन्ध गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘आसन्न ए डिभिजन लिगको उपाधि रक्षामा क्लबले बलियो चुनौती पेश गर्ने अपेक्षा राखेका छौं।’

‘मनाङ ठूलो टिम हो। विश्वास गरेर क्लबले ठुलो जिम्मेवारी दिएको छ। क्लबको ब्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु। यस पटकको जिम्मेवारी चुनौतीपूर्ण छ,’ मुख्य प्रशिक्षक किरण श्रेष्ठले भने, ‘मनाङको यसपटकको खेलाडी संरचना फरक छ। यसअघि राष्ट्रिय टिमका खेलाडी धेरै हुन्थे। अहिले पुरै युवा खेलाडीको टिम छ। नजिताका लागि प्रशिक्षकको रुपमा सक्दो कोशिश गर्नेछु।’

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्