Ad imageAd image

यातायात कार्यालय अनुगमनपछि उपप्रधानमन्त्री श्रेष्ठले भने– हामी हेरेर बस्दैनौं

खबर खुराक
खबर खुराक १९ पुष २०७९, मंगलवार
1 Min Read
Aa
Interview with Spokesperson and Secretariat Member Narayan Kaji Shrestha, in Kathmandu, on Sunday, March 8, 2020. Photo: Balkrishna Thapa Chhetri/THT

१९ पुस, काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउने बताएका छन् ।

मन्त्री श्रेष्ठले मंगलबार एकान्तकुनाका साथै ठूलो भर्‍याङस्थित यातायात कार्यालयको अनुगमन गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले यातायात व्यवस्था सुधारका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको बताए । उनले भने, ‘अहिलेको समस्या समाधान गर्ने, कमजोरी सच्याउने र सेवाग्राहीलाई छिटो सहज सेवा दिन के गर्नुपर्छ भनेर हस्तक्षेपकारी कार्ययोजना बनाउँदैछौं ।’

स्थलगत अवलोकन गरेर प्रत्यक्ष रुपमै समस्या जान्न अनुगमनमा आएको भन्दै उनले समयमा काम नहुने र कतिपय सन्दर्भमा असहज पीडा गरी सेवा प्राप्त हुने अवस्था अन्त्य गर्ने बताए ।

कतिपय समस्या समाधान गर्न डिजिटाइजेसनमा जाने र आवश्यक साधन स्रोत समेत उपलब्ध गराउने भन्दै श्रेष्ठले अघि भने, ‘केही समय मात्र पर्खिनुस् ।’

- Advertisement -
Ad image

कति समय लाग्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी हेरेर बस्दैनौं, हेरेर बस्ने हो भने हाम्रो काम छैन ।’

प्रतिक्रिया दिनुहोस्