मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

खबर खुराक
खबर खुराक १९ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-८ गोल्फुटारमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सप्तरीको बोदेबर्साइन नगरपालिका-३ स्थायी घर भई हाल गोल्फुटार बस्ने १९ वर्षीय स्वयतकुमार साहको मृत्यु भएको हो।

मण्डिखाटारबाट गोल्फुटारतर्फ जाँदै गरेको साहसहित तीन जना सवार बा ४४ प २४२२ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे अनियन्त्रित भई पल्टिएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।

घाइते साहको महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा राति सवा ९ बजे मृत्यु भएको हो। मोटरसाइकलमा पछाडि सवार दुई जना भने सकुशल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्