मेयर बालेनले दायर गरे निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

खबर खुराक
खबर खुराक १९ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्धारित समयभित्र निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले उनीमाथि गरेको कारबाहीविरुद्ध रिट दायर गरिएको हो ।

मंगलबार उनका तर्फबाट पेस गरिएको रिटमा आयोगको निर्देशनबमोजिम ३० दिनभित्र विवरण बुझाउनुपर्ने भए पनि ३०औँ दिन सार्वजनिक बिदा भएको कारण बुझाउन नसकेको उल्लेख छ । ३१औँ दिन असार १२ गते विवरण बुझाएको रिटमा लेखिएको छ ।

शाहले खर्च विवरण कानुनबमोजिम नै बुझाएको बताएका छन् । “मैले खर्च विवरण कानुनद्वारा तोकिएको अवधिभित्रै पेस गरिसकेको तथ्यलाई आयोगले भने अनदेखा गरेको छ,” रिटमा उल्लेख छ ।

आयोगले निर्धारित समयभित्र निर्वाचन विवरण बुझाउन नसकेको भन्दै शाहलाई सात लाख ५० हजार रुपैया जरिवाना तोकेको थियो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ मा स्थानीय तहमा निर्वाचित पदाधिकारीले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला निर्वाचन कार्यलयमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्