Ad imageAd image

पुष २६ देखि देवदहमा अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने

खबर खुराक
खबर खुराक २० पुष २०७९, बुधबार
2 Min Read
Aa

देवदह । देवदहमा अन्तराष्ट्रियस्तरको कराँते प्रतियोगिता हुने भएको छ । मंगलबार देवदहमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था देवदह कराँते डो एकेडेमीले  पुष २६ देखि २८ सम्म गौतमबुद्ध अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता-२०२३ गर्न लागेको जानकारी दिएको हो ।

देवदह नगरपालिकाका नगरप्रमुख धुर्ब प्रसाद खरेल समेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौतमबुद्ध अन्तराष्ट्रिय कराँते प्रतियोगिता आयोजक मुल समितिका संयोजक दिपक चापागाईंले लुम्बिनी प्रदेशमै पहिलोपटक अन्तराष्ट्रियस्तरको प्रतियोगीता आयोजना गरिएको बताए । प्रतियोगिता सम्पन्न गर्न ६५ लाख बढी खर्च लाग्ने बताउंदै चापागाईंले देवदहको गौरबको रूपमा प्रतियोगितालाई सफल पार्न सबैको सहयोगको अपेक्षा गरिएको बताए ।

कार्यक्रमबारे थप प्रष्ट पार्दै देवदह कराँते डो एकेडेमीका अध्यक्ष शोभाखर पन्तले प्रतियोगितामा ७ देशबाट एक हजार बढी खेलाडी सहभागी हुने जानकारी दिए। नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, भुटान र क्यानाडाका खेलाडीहरूको एक सय टिम प्रतियोगीतामा सहभागी हुने र प्रति टिम १८ जना प्रतियोगी रहने अध्यक्ष पन्तले बताए। प्रतिव्यक्ति एक हजार प्रवेश शुल्क राखिएकॊ उक्त प्रतियिगीतामा सहभागीलाई खाने र बस्ने व्यवस्थापन आयोजकले मिलाउने अध्यक्ष पन्तको भनाई छ ।

२५ देखि ८५ किलो तौल समुहमा महिला र पुरुष दुवै तर्फ प्रतियोगी सहभागी हुने बताउंदै आयोजकले प्रतियोगीतामा बिजेतालाई  प्रमाण पत्र, मेडल, शिल्ड र नगद पुरस्कार दिईने जनाएको छ।

- Advertisement -
Ad image

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख खरेलले देवदहमा अन्तराष्ट्रियस्तरको  कराँते प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै नगरपालिकाले प्रतियोगीतालाई सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे।  प्रतियोगीतामा सहभागी प्रतिस्पर्धी, रेफ्री लगायतलाई खानपान र बसोबासको राम्रो व्यवस्था गर्न निर्देशन दिंदै प्रमुख खरेलले सुरक्षाको विषयलाई समेत ख्याल गर्न र पालिकासंग आवश्यक समन्वय गर्न आयोजकलाई आग्रह गरे। पाहुनालाई सकेसम्म नेपाली खाना र त्यसमा पनि सम्भव भएसम्म देवदहमा उत्पादन भएको खाना खुवाउन र देवदहको संस्कृति र पर्यटनसंग प्रतियोगीतालाई जोड्न सके त्यसले थप योगदान दिनसक्ने उनको भनाई छ।

संस्थाका पदाधिकारी र विभिन्न उपसमितिका सदस्यहरू समेत उपस्थित पत्रकार सम्मेलको संचालन दिपेश विक्रम मल्लले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्