आउटरिचले ईसीआई अवार्डमा जित्यो दुई कास्य पुरस्कार

खबर खुराक
खबर खुराक २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । आउटरिचले चीनमा सम्पन्न ईसीआई अवार्डस् २०२२ मा २ वटा कास्य पुरस्कार जितेको छ । चीनमा सम्पन्न भएको ईसीआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रडक्ट एन्ड मोडल इनोभेसन एन्ड मार्केटिङ इनोभेसन गरी २ विधामा कास्य पुरस्कार जित्न सफल भएको हो ।

ग्लोबल ईसीआई अवार्डस् २०२२ को विजेताहरुको घोषणा गत ३० डिसेम्बरमा गरिएको थियो । अवार्ड अन्तर्गतका तीन विधाहरु प्रडक्ट एन्ड मोडल इनोभेसन, मेटाभर्स एप्लिकेसन इनोभेसन एन्ड मार्केटिङ इनोभेसनतर्फ स्वर्ण, रजत र कास्य अवार्ड विजेता देशहरुमा हङकङ, स्वीट्जरल्याण्ड–इटाली, क्यानाडा, नेपाल, बेलायत–साउदी अरेबिया, ब्रजिल, थाइल्याण्ड, ताइपेइ सिटी र अष्ट्रिया लगायतका देशहरु रहेका छन् ।

समारोहमा ईसीआईका अध्यक्ष लिजुन जिया (डा. ओवेन) ले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकाले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए ।

ईसीआई अवार्डस् (इन्टरनेसनल इन्टरप्रेनर्स, क्रिएटिभ्स एन्ड इनोभेटर्स एसोसिएसनद्धारा स्थापना गरिएको हो । यो अवार्ड नव प्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो ।

प्रतिक्रिया दिनुहोस्