प्रधानमन्त्री प्रचण्डले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

खबर खुराक
खबर खुराक २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएको समस्या र तत्काल सुधार गर्नुपर्ने कार्यका विषयमा छलफल गरिएको हो ।

बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समय देखिएको समस्या र चुनौतीका विषयमा चासो राखेका थिए । उनले ब्याजदर घटाउन र तरलताको समस्याबारेमा मौद्रिक नीतिमा सुधारलगायत कदम चाल्नुपर्नेमा जोड दिए ।

उनले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्