Ad imageAd image

लुम्बिनीसँग १०२ रनले हार्यो काठमाडौं

खबर खुराक
खबर खुराक २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : हरमित सिंहको अर्धशतकप्रेरित लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगमा बुधबार काठमाडौं नाइट्सलाई एक सय दुई रनले परातिज गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले १७ ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाएर एक सय ८३ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले १५.४ ओभरमा सबै विकेट गुमाएर ८१ रन मात्रै बनाउन सक्यो। काठमाडौंले बासिर अहमदले २२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। लुम्बिनीका लागि ह्यारी टेक्टर, इशान पाण्डे र कुशल भुर्तेलले दुई–दुई विकेट लिए।

पहिलो इनिङमा लुम्बिनीका लागि ३६ बलको सामना गरेका हरमितले दुई चौका र आठ छक्कासहित ७० रनको अर्धशतकीय इनिङ खेलेका थिए। अर्का ओपनर लहिरु मिलान्थाले २६ तथा गुल्शन झाले २१ रनको योगदान गरे। अनिल साह १६ रनमा अविजित रहँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्।

काठमाडौंका लागि अविनाश बोहराले चार ओभरमा ३२ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै बासिर अहमदले दुई तथा अनिल खरेलले एक विकेट लिए।

- Advertisement -
Ad image

काठमाडौंको टिम ढिलो आइपुगेका कारण टस ढिलो हुँदा खेल १७ ओभरमा छोट्याइएको थियो। लुम्बिनी यसअघि नै प्ले अफमा पुगिसकेको छ। काठमाडौं ८ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्