उपचार गर्न आएका सुनिल अस्पतालबाटै हाम्फाले

खबर खुराक
खबर खुराक २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफाल्दा बझाङका सुनिल रोकाय घाइते भएका छन्। कीर्तिपुर प्रहरी वृतका अनुसार उपचारको लागि सोमबारर राती उनी कीर्तिपुर अस्पताल पुगेका थिए ।

आफन्तसँग अस्पताल पुगेका सुनिललाई एक्कासी मुटुको धडकन बढ्ने समस्या देखियको थियो। राति साढे 10 बजे इमर्जेन्सी उपचारमा पुगेका उनी अस्पतालमै तेस्रो तलामा पुगेर हाम्फालेका हुन्।

बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भएका कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया विध्यार्थी हुन्। उनी दाइसँग बस्दै आएका थिए। उनको टाउको हात र शरीरका अन्य भागमा चोट लागेको छ ।
हाम्फाल्नासाथ उनलाई अस्पतालले उद्दार गरेको थियो।

अहिले उनको सोही अस्पतालमा उपचार भइरहेको छ। उनी किन हामफालेका हुन् भन्ने कारण खुलेको छैन। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्