Ad imageAd image

धरान उत्सव सुरु, गोकार्ट मुख्य आकर्षण

खबर खुराक
खबर खुराक २० पुष २०७९, बुधबार
2 Min Read
Aa

२० पुस, धरान । महाभारतकालीन इतिहास र किरातकालीन सभ्यता बोकेको धरानले स्थापनाको ६२ औं वर्ष र बस्ती बसेको १ सय २९ वर्षको अवसरमा धरान उत्सव मनाउँदैछ ।

सार्वजनिक विदा घोषणा गरी धरान उत्सवलाई भव्यता दिन धरान १२ स्थित पब्लिक हाइस्कुलमा समारोह आयोजना गरेको छ ।

प्रदेश १ को मुख्य पर्यटकीय तथा आवासीय सहर धरानको पहिचान बोकेका सीप, कृषि उत्पादन र सांस्कृतिक परिकारका स्टल पनि लगाइएको छ ।

औपचारिक समारोहको उद्घाटन भने सुनसरी १ का प्रतिनिधि सभा सदस्य अशोक राईले गरेका छन् ।

- Advertisement -
Ad image
यसअघि बिहान ८ बजे धरान भूपेन्द्र स्मृति पार्क उद्घाटन, ११ बजे सांस्कृतिक झाँकी सहितको र्‍यालीले नगर परिक्रमा गरेको छ ।

र्‍यालीमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको मेकानिकल तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको ‘गो कार्ट’ मुख्य आकर्षणको रुपमा देखिएको छ ।

पुराना सामग्रीको प्रयोगबाट १ लाख रुपैयाँको लागतमा निर्माण गरिएको ‘गो कार्ट’ पेट्रोल इन्जिनबाट चल्छ ।

प्रतिलिटर २५ किलोमिटर माइलेज दिने ‘गो कार्ट’ को औसत गति प्रति घण्टा ५० किलोमिटर रहेको विद्यार्थी निमबहादुर खत्रीले बताए । ‘हामीले गरेको अभ्यासमा अधिक्तम ६५ किमि स्पिड चल्न सक्ने देख्यौं’, विद्यार्थी खत्रीले भने ।

विद्युतीय ‘गोकार्ट’ बनाउने उद्देश्य रहे पनि आर्थिक अभावका कारण उदेश्य पूरा नभए पनि पेट्रोलबाट चल्ने निर्माण गर्न सकेको ‘गो कार्ट’ चालक मौसम विष्टले बताए ।

५० हजार रुपैयाँ इन्जिनियरिङ क्याम्पसको सहयोगमा ‘गोकार्ट’ निर्माण गरिएको हो ।

पुरानो ‘वाइबीएक्स’ मोटर साइकलको इन्जिन प्रयोग गरी निर्माण गरिएको हो ।

इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले धरानमा पहिलो पटक निर्माण गरेको ‘गो कार्ट’ आगामी २६ गतेदेखि पुलचोक इन्जिनियरिङ क्याम्पसमा हुने विज्ञान प्रविधि प्रदर्शनी ‘मेट्रिक्स’ स्पर्धामा सहभागी गराउने विद्यार्थी निमबहादुर खत्रीले बताए ।

‘मेट्रिक्स’ आगामी पुस २६, २७ र २८ गते पुलचोल इन्जिनियरिङ क्याम्पसमा आयोजना हुँदैछ ।

‘आर्थिक सहयोगको अभावका कारणले अध्ययन अनुसन्धानमा अनुकूलता छैन, क्याम्पसले पनि आवश्यक सहयोग गरेको छैन’, विद्यार्थी खत्रीले भने, ‘स्पोन्सरको खोजी गरिरहेका छौँ ।’

धरान उत्सवका अवसरमा यहाँका जातीय संघ संस्था, विद्यालय, खेलकुदका संघसंस्था र्‍यालीमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्