Ad imageAd image

बालबालिकालाई न्यानो पाेशाक बितरण

खबर खुराक
खबर खुराक २० पुष २०७९, बुधबार
2 Min Read
Aa

बैशाख २०,बुटवल ।  बुटवल माध्यामिक विद्यालय  बुटवलका  पुर्व विद्यार्थी समूह  एस.एल.सि. व्याच २०४८ काे  आयोजनामा बालबालिकालाई न्यानो पाेशाक वितरण गरिएको छ।  जाडो प्रभाव बढी रहेकोले यसबाट बालबालिकाहरुमा पर्ने असर न्युनिकरण गर्ने उद्देश्यले बुटवल माध्यमिक बिधालयमा इसिडी र कक्ष १ मा अध्ययनरत रहेका ६१ जना बालबालिकाहरु लाई स्विटर र टाेपी बितरण गरिएको साे कार्यक्रमका संयाेजक नारायण खनालले जानकारी दिए ।  पु्र्व विद्यार्थी खेम नारायण तिवारीकाे संचालनमा भएको साे कार्यक्रमकाे बुटवल माध्यामिक विद्यालय बुटवलका प्रअ होम बहादुर रायमाझीकाे प्रमुख आतिथ्यता रहेको थियो ।

२०४८ एस.एल.सि. व्याचका बुटवल मा बि पुर्व विद्यार्थीहरुले केही दिन अगाडि शंकरनगर स्थित बनबाटिकामा भेला गर्दै बुटवल माध्यमिक  विद्यालय लक्षित विभिन्न कार्यक्रम गर्ने  निर्णय गरेको पुर्व विद्यार्थी तथा कार्यक्रमका परिकल्पनाकार सितु प्रसाद श्रेष्ठले बताए । साे समुहबाट आगामी दिनमा छात्रवृत्ति, अक्षयकाेष स्थापना लगायतका रचनात्मक काम निरन्तर गर्ने योजना रहेको समेत श्रेष्ठलेले बताए । आफूले पढेको  विद्यालय प्रति सबै पुर्व विद्यार्थीहरु एकजुट भई हातेमालो गर्नुपर्ने पुर्व विद्यार्थी इन्जिनियर बसन्त श्रेष्ठको भनाइ रहेको थियो ।

यस विद्यालयमा अध्ययन गरि आज देश बिदेशमा महत्त्वपूर्ण स्थानमा पुगेर पुर्व विद्यार्थी इन्जिनियर, डाक्टर तथा बिज्ञका रुपमा स्थापित भएर काम गरिरहेकाेले उनिहरुकाे समेत विद्यालय बिकाशमा याेगदान रहनुपर्ने अर्का पुर्व विद्यार्थी एकराज पाण्डेले भनाइ राखे ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि रायमाझीले  हाल विद्यालयले आफ्नो शैक्षिक गुणस्तर सुधारमा लागि परेकोले बताए । पुर्व विद्यार्थीहरुले गरेको  यस्ता रचनात्मक कार्यक्रम प्रशंसनीय रहेको बताउदै उनलेे पुर्व विद्यार्थीहरुले विद्यालयकाे पुर्वाधार व्यवस्थापन लगायत समग्रमा बिकास सहकार्य र सहयोगकाे भावनाकाे अपेक्षा समेत व्यक्त गरे । आयाेजकले कार्यक्रम पश्चात्  सबै बाबालिकाहरुलाइ दिवा खाजाकाे समेत प्रबन्ध गरिएको थियोे ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्